काठमाडौं। काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ परेका छन् ।
प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा ६०० ट्याब्लेट नाइट्राभेट सहित ५ जना रकाठमाडौं महानगरपालिका–२६ सामामुखीबाट १०९ दशमलव २२ ग्रामखैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष बिक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शंकर राजवंशी रहेका छन् ।
राजवंशीको साथबाट थप १ थान डिजिटल तराजु ९ थान मोबाइल र नगद ८२ हजार ६३५ बरामद गरिएको प्रहरीले जनाएको छ ।