काठमाडौं । विमानस्थलबाट अवैध लागूऔषधसहित एक विदेशी महिला पक्राउ परेकी छन् ।
प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको हो ।
महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् । लागूऔषध तस्करीकै लागि ती भारतीय महिलाले विशेष झोला बनाएको खुलेको छ ।
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएकी हुन् ।
लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुणप्रताप छन् ।
बुधबार पक्राउ परेका दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।