Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा चितवनका रामहरि सिलवाल काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनलाई नियन्त्रणमा लिएर भैरहवा पठाउने तयारी थालिएको हो । कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार सिलवाल पेशाले कलेज सञ्चालक हुन् र निजी विद्यालय सञ्चालक संगठन (हिसान) का उपाध्यक्ष समेत रहेका छन्।

सिलवाल पत्रकारिता र नेकपा एमालेको राजनीतिमा समेत सक्रिय थिए । उनी एमालेको चितवन–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्षसमेत रहेका छन् ।

यसै प्रकरणमा सहकारीका अध्यक्ष अशोक केसी पनि आज भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार सहकारी घोटालामा संलग्न अन्य फरार व्यक्तिहरुको पनि खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077