Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रेशमलाई थुनाउने महिमानलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले पनि गर्‍यो सदर

रेशमलाई थुनाउने महिमानलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चले पनि गर्‍यो सदर

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न लेखिएको पत्रका कारण विवादमा तानिएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट धरौटीमा रिहा हुने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले बिहीबार जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

जिल्ला अदालतले जेठ ५ गते न्यायाधीश दिनबन्धु बरालको इजलासबाट विष्टलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

महिमानले अनधिकृत रूपमा चौधरीको नाममा पक्राउका लागि पत्र लेखेपछि, सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।

तर, अदालतले सो पत्रलाई आधिकारिक नठहराउँदै चौधरीलाई सोही दिन रिहा गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077