Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा गुन्डागर्दीविरुद्ध प्रहरीको अपरेसन, चक्रेसहित ४७ जना पक्राउ

काठमाडौंमा गुन्डागर्दीविरुद्ध प्रहरीको अपरेसन, चक्रेसहित ४७ जना पक्राउ

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । राजधानीमा आपराधिक गतिविधि फैलाउँदै आएका गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बिहीबार राति गुरुङसहित ४७ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई नागरिक र व्यवसायीहरूलाई धम्क्याउने, डरधम्की दिने तथा आपराधिक गतिविधि फैलाउने काममा संलग्न देखिएपछि पक्राउ गरिएको परिसरले जनाएको छ ।

चक्रे गुरुङ यसअघि पनि २०७४ वैशाख २६ मा महाराजगन्जकै होटलबाट पक्राउ परेका थिए, पछि छुटेका थिए । तर, उनी पुनः आपराधिक गतिविधिमा संलग्न हुँदै गएका थिए । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेको खुलेको छ ।

गुण्डागर्दी नियन्त्रणमा सक्रिय रहेका परिसर प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा टोलीले रातभर सर्च अपरेसन सञ्चालन गरेको थियो ।

यसअघि बुधबार राति अर्का चर्चित गुन्डानाइके युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ परेका थिए । पछिल्लो समय राजधानीमा बढ्दै गएका आपराधिक गिरोह नियन्त्रणका लागि प्रहरीले कडाइ थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077