Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चक्रे मिलन समूहको गाडीमा खुकुरी र रड भेटियो

चक्रे मिलन समूहको गाडीमा खुकुरी र रड भेटियो

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । राजधानीको बाँसबारीस्थित होटल साम्बालामा बिहीबार पक्राउ परेको ‘चक्रे मिलन’ समूहको गाडीबाट दुई थान खुकुरी बरामद गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मिलन गुरुङ उर्फ चक्रे मिलनसहितको समूहलाई बिहीबार राति पक्राउ गरेको थियो ।

प्रहरीले उक्त समूह सवार गाडीबाट २ थान खुकुरी र केही रड समेत बरामद गरेको हो । बरामद हतियारहरू आफूहरूको सुरक्षाका लागि राखिएको समूहका सदस्यहरूले दाबी गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय चक्रे मिलन स्कर्टिङमा प्रयोग गरिएको गाडीहरूको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सतर्क भएको थियो । भिडिओमा बाटो अवरुद्ध गर्दै चक्रेलाई अगाडि–पछाडि सवारी साधनले सुरक्षा दिइएको देखिएको थियो।

हाल पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077