काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो १ बजेदेखि बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरिरहेको छ ।
यसअघि बुधबार बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णयअनुसार स्थायी समितिमा रोकिएको अभियानलाई निरन्तरता दिने र केन्द्रीय समितिको मिति तय गर्नेबारे छलफल हुने छ ।
यसैगरी, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल हुने, सङ्गठन निर्माण विकास र आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुने बताइएको छ ।