Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अपर तमोर हाइड्रोपावरमा तोडफोड, संलग्न व्यक्तिहरुको खोजी जारी

अपर तमोर हाइड्रोपावरमा तोडफोड, संलग्न व्यक्तिहरुको खोजी जारी

शुक्रवार , श्रावण १६, २०८२

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ सिँवामा निर्माणाधीन २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना अन्तर्गतको कामदार बस्ने ब्यारेकमा शुक्रबार बिहान तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिहान साढे ८ बजेतिर करिब १०–१२ जनाको समूहले ब्यारेकमा तोडफोड गरेको हो । घटनाको समयमा कर्मचारीहरू काममा गएका थिए ।

प्रहरीका अनुसार, समूहले १३ वटा झ्याल, ६ वटा ढोका र एउटा हेलोजिन लाइट तोडफोड गरेका छन् । तोडफोडपछि समूह फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी सिँवाबाट तत्काल टोली खटाइएको छ भने थप अनुसन्धानका लागि प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको नेतृत्वमा थप १० जना प्रहरी टोली पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077