Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फुटबल प्रशिक्षक सिलवाल वरिष्ठ सई र क्रिकेट प्रशिक्षक धिताल असईमा बढुवा

फुटबल प्रशिक्षक सिलवाल वरिष्ठ सई र क्रिकेट प्रशिक्षक धिताल असईमा बढुवा

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल पुलिस फुटबल क्लब महिला टिमका मुख्य प्रशिक्षक भोला सिलवाल प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् ।

साथै, नेपाल प्रहरी क्रिकेट टिमका सहायक प्रशिक्षक विजय कुमार धिताललाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरिएको छ ।

खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका दुवै प्रशिक्षकको सेवा र समर्पणलाई मूल्यांकन गर्दै नेपाल प्रहरीले उनीहरूलाई पदोन्नति दिएको हो ।

भोला सिलवालले पूर्व खेलाडीका रूपमा मात्र नभई प्रशिक्षकका रूपमा पनि महिला फुटबल टिमलाई नेतृत्व दिँदै निरन्तर सफलता दिलाएका छन् । उता, विजय धितालले नेपाल प्रहरी क्रिकेट टिमको प्रविधिक दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077