Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष, निजी क्षेत्रलाई प्रदूषण परीक्षण अनुमति

अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष, निजी क्षेत्रलाई प्रदूषण परीक्षण अनुमति

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष हुने भएको छ ।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरिएको हो ।

यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो भने, नवीकरण गरेपछि पनि थप ५ वर्षकै लागि मान्यता पाइन्थ्यो । नयाँ संशोधित व्यवस्थाले अब लाइसेन्स नवीकरणसहित १० वर्षसम्म मान्य हुने व्यवस्था गरेको छ ।

यसका साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण कार्यमा निजी क्षेत्रलाई पनि अनुमति दिने प्रावधान ऐनमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077