काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा देउवाले यस्तो बताएका हुन । उनले समावेशी संविधानका बाबजुद कुनै पनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताए ।
"हाम्रो देशमा समावेशी लोकतन्त्रभन्दा हुन्छ । यस्तो राम्रो व्यवस्था छ । एउटा समस्या छ । समस्या के हो भने यो संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन," उनले भने ।
देउवाले कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले निर्माण गरेको बताए । तर, सबै एकजुट भए बहुमत ल्याउन पनि सकिने उनको भनाइ छ ।