Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

शनिवार , श्रावण १७, २०८२

काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले विसं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो।

अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

छनोट भएका कृतिहरूमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैह्रआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077