Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा तास खेलिरहेका सातजना पक्राउ

काठमाडौंमा तास खेलिरहेका सातजना पक्राउ

शनिवार , श्रावण १७, २०८२

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका सातजनालाई शुक्रबार (साउन १६) राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ४५ वर्षीय इन्द्र श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का श्यामकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इन्द्र सोही ठाउँमा बस्दै आएका थिए ।

नगद ९३ हजार ७६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077