Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

झलनाथ भन्छन् - वाम एकताको शर्तमा विद्या भण्डारीलाई पूर्ण समर्थन छ

झलनाथ भन्छन् - वाम एकताको शर्तमा विद्या भण्डारीलाई पूर्ण समर्थन छ

शनिवार , श्रावण १७, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएमा वामपन्थी एकताको शर्तमा आफूले समर्थन गर्ने बताएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसँगको बढ्दो टकरावबीच वामपन्थी राजनीतिमा तरंग ल्याउने उनले अभिव्यक्ति दिएका हुन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विद्या कमरेडले यदि नेकपा एमालेलाई लचिलो बनाउने, सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने र साझा मोर्चा बनाएर अघि बढ्ने प्रतिबद्धताका साथ राजनीतिमा आउनुहुन्छ भने मेरो समर्थन रहन्छ।’

आफ्नै पार्टी नेतृत्वप्रति आक्रामक देखिएका खनालले चार वर्ष बितिसक्दा पनि एमालेबाट विद्रोह गर्नुको औचित्य स्थापित गर्न नसकेकोमा गम्भीर असन्तुष्टि पोखे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077