Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युवासंघका अध्यक्ष थेबेलाई खरेलको चुनौती - 'ओली कप'को २० करोडको हिसाब देऊ

युवासंघका अध्यक्ष थेबेलाई खरेलको चुनौती - 'ओली कप'को २० करोडको हिसाब देऊ

शनिवार , श्रावण १७, २०८२

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवासंघ नेपालभित्र पनि ठूलो आर्थिक विवाद सतहमा आएको छ ।

निलम्बित लुम्बिनी प्रदेश अध्यक्ष सुजन खरेलले संगठनका अध्यक्ष क्षितिज थेबेलाई ‘केपी ओली कप’ फुटबल प्रतियोगिताबाट उठाइएको २० करोड रुपैयाँको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका हुन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकारसँग कुरा गर्दै खरेलले भने, “ओली कपको नाममा २० करोड रुपैयाँ उठेको छ भन्ने जानकारी हामीसँग छ। यो संगठनको नाममा उठाइएको रकम हो, त्यसको स्पष्ट हिसाब दिनुपर्छ।”

खरेलले दसौं महाधिवेशनका प्रतिनिधिबाट उठाइएको ३५ लाख रुपैयाँको पनि हिसाबकिताब माग गर्दै संगठनभित्र ‘सांगठनिक अपराध’ भएको आरोप लगाए। साथै, उनले विवादास्पद व्यापारी दीपक भट्ट र प्रधानमन्त्री ओलीबीचको सम्बन्धबारे पनि सार्वजनिक जवाफ माग गरे।

विद्यादेवी भण्डारीको पक्ष लिएको भन्दै निलम्बनमा परेका खरेलले ओलीलाई प्रश्न गर्दै भने, “एमाले तपाईको बिर्ता हो ? चुनाव हारेकालाई मनोनीत गरेर जनसंगठन कब्जा गर्ने हो ?”

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमाथि लगातार आर्थिक अनियमितताको आरोप लागिरहेका बेला युवासंघको विवाद सतहमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077