Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीमतीको घाँटी थिचेर हत्या, श्रीमान पक्राउ

श्रीमतीको घाँटी थिचेर हत्या, श्रीमान पक्राउ

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । ललितपुरमा एक पुरुषले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले उनकी श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको घाँटी थिचेर हत्या गरेका हुन्।

घरायसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललितपुर प्रहरीले जनाएको छ।

सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

हत्या आरोपी खड्गीलाई प्रहरीले पक्राउ गरेर घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077