Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

थारू आयोग अध्यक्षलाई कार्यकक्षभित्रै थुनेर सदस्य मोदीले गरिन फेसबुकमा फोटो सेयर

थारू आयोग अध्यक्षलाई कार्यकक्षभित्रै थुनेर सदस्य मोदीले गरिन फेसबुकमा फोटो सेयर

आइतवार , श्रावण १८, २०८२

काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्‍य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् ।

हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् ।

पछि सिंहदरबार बृत्तबाट प्रहरी गएर ताला खोलेको थियो ।

आयोगका सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्‍दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताए ।

थारुले भनेका छनन्–‘उहाँ (माननीय शान्ति मोदी)एक हप्ताको बिदा लिनुभयो। हामीले दियौं। तर, उहाँ एक महिना बेपत्ता हुनुभयो। हामीले खोजीनीति गर्‍यौं।कुनै सम्पर्कमा आउनुभएन। अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नुभयो। म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइदिनुभयो। दिउँसो साढे १२ बजेदेखि विवाद सुरू भएपछि सिंहदरबार प्रहरी वृत्तका प्रहरी आएर ढोका खोल्न लगाएका छौं ।’

यता, सदस्‍य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भएपनि हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।

उनले अध्यक्ष थारु भित्र भएका बेला ताला लगाएको फोटो नै फेसबुकमा सेयर गरेकी छन् ।

मोदीले आफू बुधबारदेखि आयोगको कार्यालयमा हाजिर भएको तर कार्यबाहक अध्यक्ष थारुले हाजिरी गर्न नदिएको भन्दै ला लगाइदिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077