Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति, अनशन स्थगित

सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति, अनशन स्थगित

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबिच सहमति भएको छ ।

आइतबार सरकार र मेयर भट्टराईबिच १६ बुँदे सहमति भएको हो ।

सहमतिमा बाँस, स्वदेशी काठ वा यस्तै नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतका सबै निकायमा अव आइन्दा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, नेपाल सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गरिने भएको छ।

त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गरी जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने , बाँदरको बन्ध्याकरण लगायतका न्यूनीकरण उपायहरुहरुको अध्ययन गरी Piloting को रुपमा बाँदर, बन्ध्याकरण र अन्य न्यूनीकरणका उपायहरूका बारेमा विज्ञसँग परामर्श लिई खोटाङ्ग जिल्लाबाट यसै आर्थिक वर्षमा सुरुवात गरी प्राप्त परिणामका आधारमा देशभरि कार्यान्वयन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077