Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भिजिट भिसा दुरुपयोग रोक्न महानिर्देशक तिवारीको ६ बुँदे योजना सार्वजनिक

भिजिट भिसा दुरुपयोग रोक्न महानिर्देशक तिवारीको ६ बुँदे योजना सार्वजनिक

आइतवार , श्रावण १८, २०८२

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा हुने अनियमितता र मानव तस्करी रोक्न ६ बुँदे योजना सार्वजनिक गरेका छन् ।

आइतबार कालीकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक तिवारीले आफ्नो ६ बुँदे योजना सार्वजनिक गरेका हुन् ।

उनले भिजिट भिसासम्बन्धी मापदण्डलाई सरल बनाउँदै, फर्जी वा शंकास्पद कागजात पत्ता लागेमा अफलोड नगरी सिधै प्रहरीको जिम्मा लगाउने, बीमा वा निश्चित रकम कोषमा योगदान गर्ने व्यवस्था गर्ने, प्रस्थानअघि यात्रुलाई सू–सूचित गर्ने, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनपछि विस्तृत कार्ययोजना ल्याउने, र ट्राभल एजेन्सी तथा एयरलाइन्स कम्पनीमाथि निगरानी बढाउने प्रमुख उपाय प्रस्तुत गरे ।

महानिर्देशक तिवारीका अनुसार भिजिट भिसामा देखिएका अनियमितता मानव तस्करी होइन, बरु प्रणालीगत कुशासनको परिणाम हो । ‘भिजिट भिसालाई मानव बेचबिखनसँग एउटै डालोमा हाल्नु गलत हो,’ उनले भने, ‘कानुनले पनि यसलाई फरक परिभाषित गरेको छ।’

उनले विदेश जाने नागरिकप्रति राज्य र समाजको दृष्टिकोण दोहोरो रहेको उल्लेख गर्दै सफल भए राज्यको सम्पत्ति ठान्ने र असफल भए बेवास्ता गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । भिजिट भिसामा अघोषित प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077