Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसी तेल खरिदमार्फत युक्रेनविरुद्धको युद्धमा सहयोग गरेको भारतमाथि ट्रम्पको आरोप

रुसी तेल खरिदमार्फत युक्रेनविरुद्धको युद्धमा सहयोग गरेको भारतमाथि ट्रम्पको आरोप

सोमवार , श्रावण १९, २०८२

एजेन्सी । अमेरिकाले भारतमाथि रुसबाट तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारी तथा ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टीफन मिलरले भारतको यो कदम स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।

मिलरका अनुसार, ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न स्पष्ट सन्देश दिए पनि भारतले आफ्ना तेल रिफाइनरहरूलाई त्यसबारे कुनै निर्देशन नदिएको र खरिद जारी राख्ने तयारी गरेको छ ।

अमेरिकाले यसलाई युद्धको वित्तपोषणको रूपमा हेरेको छ भने भारतले भने आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077