Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा दुर्घटना हुँदा १३ जना घाइते

हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा दुर्घटना हुँदा १३ जना घाइते

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा दुर्घटना भएको छ।

आज बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा प्र.२-०१-००१ ज ००५३ नम्बरको विङगर गाडी दुर्घटना भएको हो।

गाडी दुर्घटना हुँदा करिब १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको गाडि अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको हो

सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १७/१८ जना तिर्थालु सवार रहेका प्रहरीले जनाएको छ।

घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077