Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादीका नेता तेली पक्राउ

माओवादीका नेता तेली पक्राउ

सोमवार , श्रावण १९, २०८२

वीरगञ्ज । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसूर मुद्दामा पक्राउ परेका छन् । पर्साको सखुवा प्रसौनी गाँउपालिका–६ लखनपुर घर भएका तेलीलाई वीरगञ्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

क्रान्ति गुप्तासहितका दुईजना व्यक्तिलले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको हो । तेलीले १० लाख र ६ लाखको गरी दुईवटा चेक दिएको र बैंकबाट ती दुईवटै चेक बाउन्स भएपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थिए ।

पक्राउ परेका तेलीविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

२०७९ को निर्वाचनमा नेपाल सुशासान पार्टीका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तेली चुनाव हारे लगत्तै नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसअघि तेली जनता समाजवादी पार्टी नेपालमा थिए ।

तेली यसअघि मधेस प्रदेश सरकारबाट पर्साका किसानका लागि अनुदानमा प्राप्त करोडौं मूल्यको कृषि उपकरण खरिदको अनियमितता तथा कागजी प्रक्रियामै योजना सम्पन्न गरेर बजेट अपचलन गरेको विवादमा पनि मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077