Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१७ वर्षीया सम्झना रहस्यमय अवस्थामा मृत भेटिइन्, पाँच महिनाअघि गरेकी थिइन् प्रेम विवाह

१७ वर्षीया सम्झना रहस्यमय अवस्थामा मृत भेटिइन्, पाँच महिनाअघि गरेकी थिइन् प्रेम विवाह

सोमवार , श्रावण १९, २०८२

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका -२ सिंहपालमा १७ वर्षीया सम्झना भट्ट रहस्यमय अवस्थामा मृत फेला परेकी छन् ।

आइतबार साँझ आफ्नै घरभित्र झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

गत फागुन महिनामा सम्झना र पवन भट्टबिच प्रेम विवाह भएको थियो ।

शव फेला परेपछि माइती पक्षले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएकाले  अनुसन्धान थालिएको छ ।

सम्झनाको शरीरमा ठूला चोटहरू नदेखिए पनि नङले कोतरेका जस्ता नीलडाम र घाउ चोटहरू रहेको प्रहरीले जनाएको छ ।

घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077