Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भिजिट भिसा प्रकरण : रास्वपा–राप्रपा सांसद प्रतिनिधिसभा बैठकबाट बाहिरिए

भिजिट भिसा प्रकरण : रास्वपा–राप्रपा सांसद प्रतिनिधिसभा बैठकबाट बाहिरिए

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

सभामुख देवराज घिमिरेले तोकेको समयमा धारणा राख्दै रास्वपाका असिम साह र राप्रपाका ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणको गम्भीरता औंल्याउँदै छानबिन टार्न नपाइने चेतावनी दिए ।

सांसद साहले भिजिट भिसाको नाममा मानव तस्करीका फाइलहरूको अवस्था सार्वजनिक गर्न गृहमन्त्रीसँग माग गर्दै भने, “जनताले यो प्रकरण बिर्सने छैनन्, हामी कुनै हालतमा बिर्सिन दिने छैनौं।”

राप्रपाका सांसद प्रधानले समस्या भिजिट भिसामा नभई नियतमा रहेको दाबी गर्दै न्यायिक आयोगमार्फत छानबिन गर्नुपर्नेमा जोड दिए। “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि छानबिन निष्पक्ष हुँदैन, त्यसैले न्यायिक छानबिन आवश्यक छ,” उनले भने।

रास्वपा र राप्रपा जेठ १३ गतेदेखि गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिन समितिको गठनको माग गर्दै संसद्मा निरन्तर विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077