Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घुसकाण्डमा रुपन्देहीका वडा अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुसकाण्डमा रुपन्देहीका वडा अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवविरुद्ध घुसकाण्डमा संलग्न रहेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न योजनाको निर्माण सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको प्रमाणित भएपछि यादवमाथि मुद्दा दायर गरिएको हो । केही समयअघि उनलाई घुससहित नियन्त्रणमा लिएको आयोगले अनुसन्धानपछि मुद्दा दायर गरेको जनाएको छ ।

उक्त प्रकरणमा रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ स्थित गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेलाई मतियारको रूपमा संलग्न देखाइएको छ । उनले वडा अध्यक्ष यादवसँग मिलेमतो गरी सेवाग्राहीबाट घुस रकम बुझेको आयोगको ठहर छ ।

अख्तियारले दुवैजनाविरुद्ध ३/३ लाख रुपैयाँ विगो असुल गर्न तथा कानुनअनुसार सजायको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077