Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, साउन ३१ सम्म फाराम भर्न सकिने

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, साउन ३१ सम्म फाराम भर्न सकिने

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । सन् २०२५ को पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ। ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न इच्छुकका लागि आवेदन आह्वान गरिएको हो।

शाखाले यसपटक ५ हजार ३०० जनालाई उत्तीर्ण गराउने लक्ष्यसहित आवेदन खुला गरेको छ। जसमा उत्पादनमूलक क्षेत्रमा ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८०० जनालाई पास गराउने तयारी छ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्यामा थपघट हुन सक्नेछ।

आवेदन साउन २६ गतेदेखि साउन ३१ गतेसम्म दिन सकिने छ। परीक्षा तालिका भने अर्को सूचना मार्फत सार्वजनिक गरिने शाखाले जनाएको छ।

परीक्षा एक दिनमा बढीमा पाँच सिफ्टसम्म सञ्चालन हुनेछ भने आवेदक संख्या वा अन्य कारणले तालिका परिवर्तन गर्न सकिनेछ। एक व्यक्तिले एक मात्र क्षेत्रमा दरखास्त फाराम भर्न पाउने नियम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077