वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभठ्ठा घर भइ हाल वीरगञ्ज महागरपालिका–१६ ईनर्वागाउँ ससुरालीमा बस्दै आएको वर्ष ४० को साहेव खाँ रहेका छन् ।
प्रहरीले उनको साथबाट कटुवा पेस्तोल बरामद गरेको हो ।
एक जना अपरिचित व्यक्तिले कटुवा पेस्तोल राखेर साधारण व्यक्तिहरूलाई डर त्रास देखाउँदै हिडिंरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले खाँलाई पक्राउ गरेको जनाएको छ । वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँको मस्जिद नजिक वडा एरियामा शंकाष्पदरूपमा हिंडिरहेका बेला वडा प्रहरी कार्यालय खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका खाँमाथि पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी गराएको छ ।