काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ३–३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो ।
सरकारी पक्षले सो आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरे पनि अदालतले जिल्ला अदालतकै फैसला यथावत् राखेको हो।
उच्च अदालतको आदेशपछि मिश्र र राणा कारागारबाहिरै रहेर मुद्दा लड्न पाउने भएका छन्।