Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं धरौटीमा रिहा

उच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं धरौटीमा रिहा

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

अदालतले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ र १५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि प्रसाईंलाई कारागार प्रशासनले दुई घण्टा प्रक्रियापछि मुक्त गरेको हो ।

बैंकिङ मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले, क्यान्सर रोगबाट पीडित भएको स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखी, प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

यस्तै, हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले ३ लाख रुपैयाँ धरौटी तोकेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवका अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अब अदालतको आदेशअनुसार प्रसाईं कारागारबाहिरै रहेर दुवै मुद्दामा कानुनी लडाइँ जारी राख्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077