काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले इन्स्पेक्टरदेखि एसएसपीसम्म बढुवा सिफारिस गरेको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले ६ एसपीलाई एसएसपीमा, २२ डिएसपीलाई एसपीमा र ४८ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
सशस्त्रका ६ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस हुनेमा एक नम्बरमा ध्रुवबहादुर कार्की छन् । यसैगरी जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोकुमार बम र वीरेन्द्र ऐर एसएसपी बढुवा सिफारिस भएका हुन् ।
एसएसपीमा बढुवा
यसैगरी, सशस्त्र प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । एसपी बढुवा हुनेको एक नम्बरमा नरदीप कुमार बस्नेत छन् ।
एसपीमा बढुवा
यस्तै, ४८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोज बछुण्डे श्रेष्ठलाई प्रहरी उपरीक्षक पद (एसपी) मा बढुवा सिफारिस गरिएको छ । राजनीतिक हस्तक्षेपका कारण यी पद लामो समयदेखि सिफारिस हुन सकेको थिएन ।
डीएसपी सिफारिस