काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान १० बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।