एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन र पाकिस्तान लगायत केही देशका ‘भाडाका सैनिकहरू’ संलग्न रहेको दाबी गरेका छन् ।
जेलेन्स्कीले युक्रेनी सैनिकहरूसँगको तस्बिर सेयर गर्दै ट्विटरमा यस्तो दाबी गरेका हुन् ।
उनले लेखेका छन्,‘भोभ्चान्स्क क्षेत्रमा रहेका हाम्रा लडाकुहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकको संलग्नताबारे रिपोर्ट गरिरहेका छन्। हामी यसको जवाफ दिनेछौं।’
अक्टोबर २०२४ मा प्रकाशित रिपोर्टले युक्रेनमा रुसी सेनालाई सहयोग गर्न उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेका थिए।