Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

निजामती सेवा विधेयक त्रुटि छानबिन प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुने

निजामती सेवा विधेयक त्रुटि छानबिन प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुने

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटि छानबिनका लागि गठित विशेष समितिले तयार पारेको प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी भएको छ ।

समिति सदस्य माधव सापकोटाका अनुसार सिंहदरबारमा रातभर बसेर प्रतिवेदन टुंगोमा पुर्‍याइएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको बताइएको छ ।

२९ दिनमा ३७ बैठक बसेर तयार गरिएको प्रतिवेदनमा भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन विशेषज्ञसँग परामर्शसहित सिफारिसहरू समावेश गरिएको समितिले जनाएको छ ।

गत असार २३ गते गठन गरिएको सात सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077