Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अनुमति बिनै सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

अनुमति बिनै सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अवैधानिक रूपमा सेवा दिइरहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित अन्तरक्रियामा उनले अवैधानिक रूपमा सेवा दिइरहेका देशभरका करिव १० हजार परामर्श केन्द्रमध्ये ९० प्रतिशत संस्था अनुमतिपत्र बिनै सञ्चालनमा रहेका र यस्ता संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका हुन् ।

महानिर्देशक दाहालले भने- ‘हामीले प्रारम्भिक जानकारी दिएका छौँ, त्यसमा ९० प्रतिशत संस्था अवैध रूपमा सञ्चालनमा रहेको विवरण छ । यस विषयमा गम्भीर छलफल र आवश्यक अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ । त्यसका लागि योजना बनाइरहेका छौँ ।  जसको दर्ता नै छैन्, अनुमति नै नलिइ सञ्चालित छन् तत्काल १ लाखदेखि ५० हजार जरिबना गर्ने गरेका छौं ।  हामी दोस्रो पटक पनि अनुगमनमा जान्छौं । त्यो त, सिधै ठगी हो ।’

दाहालले अवैधानिक रुपमा सञ्चालित संस्थाहरु कि दर्ता हुनुपर्ने नत्र बन्द गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077