काठमाडौं ।
तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो ।
काठमाडौं र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा घाइते भएका व्यक्तिले वडाध्यक्ष बस्नेतलगायतविरूद्ध जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरूद्ध ज्यानमार्ने उद्योग कसुरमा पक्राउ पुर्जी जारी भएको हो। उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
बालाजु प्रहरी वृत्तका अनुसार बस्नेतलगायतलाई आज बिहान पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ परेका वडाध्यक्ष बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तारकेश्वर–११ र काठमाडौं–१६को सीमाना पर्ने महादेव खोला किनारमा बाँध निर्माण गर्ने विषयमा दुई पक्षका स्थानीयबीच झडप भएको थियो।