Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भारतबाट नेपालमा साना हतियार तस्करी गर्ने गिरोहका नाइके पक्राउ

भारतबाट नेपालमा साना हतियार तस्करी गर्ने गिरोहका नाइके पक्राउ

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । भारतबाट नेपालमा साना हतियार तस्करी गर्ने गिरोहका एक नाइके पक्राउ परेका छन् ।

लामो समयदेखि खोजीमा रहेको उक्त गिरोहको एक भारतीय नागरिकलाई दुई दिनअघि मात्रै प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

नेपालमा अवैध साना हतियार तस्करी गराउने, भारतसँग सीमा जोडिएका जिल्ला तथा काठमाडौंसम्मै ल्याइदिने गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका नाइकेमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ ।

भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्ने ब्युरोको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077