Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शंकर पोखरेल भन्छन् - एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ

शंकर पोखरेल भन्छन् - एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्सवको रूपमा मनाउने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूका संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने उल्लेख गरे । विधान महाधिवेशनले पार्टीको नीति, विधि र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरू गर्ने बताए ।

'नेतृत्व छान्ने महाधिवेशन र नीति बनाउने महाधिवेशन एकै पटक हुँदा नीतिका कुरा ओझेलमा परे । नेतृत्वका बारेमा मात्र बहस र प्रतिस्पर्धा भए,' पोखरेलले भने, 'जसले गर्दा एमालेले २०७८ सालमा प्रथम र यसपालि दोस्रोपटक विधान महाधिवेशन गर्न लागेको हो ।'

पार्टीको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077