Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गाजा पूर्ण कब्जा गर्ने नेतान्याहुको तयारी, इजरायली सेना असहमत

गाजा पूर्ण कब्जा गर्ने नेतान्याहुको तयारी, इजरायली सेना असहमत

बुधवार , श्रावण २१, २०८२

एजेन्सी । इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतान्याहुले सुरक्षा मन्त्रिपरिषद्सँगको बैठकमा गाजा पट्टीलाई पूणरुपमा कब्जा गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै यो निर्णय भइसकेको स्थानीय पत्रकारहरूले बताएका छन् ।

“हामी गाजा पट्टीमा पूर्ण कब्जा गर्न गइरहेका छौँ । हामी हमासलाई परास्त गर्नेछौँ,” ती अधिकारीले भने ।

सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू यो योजनाको विरोधमा रहेको भन्ने रिपोर्टहरूको बारेमा ती अधिकारीले भने, “यदि, यो योजना स्टाफ प्रमुखलाई स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ ।”

यसैबीच, बन्धकका परिवारहरू यो प्रस्तावलाई लिएर चिन्तित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077