Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध, यातायात ठप्प

जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध, यातायात ठप्प

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । देशका प्रमुख दुई राजमार्ग जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग आज बिहान पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।

खाँडाचक्र नगरपालिका–५ स्थित बिहानी खोलानजिक आज बिहान ६ बजे माथिबाट आएको ठूलो पहिरोले जुम्ला–सुर्खेत सडकखण्ड पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

त्यसैगरी, बैतडीको सिगास गाउँपालिका–९ रमिलापुरमा बिहान ७ बजे पहिरो खस्दा जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे–बझाङ सडकखण्ड समेत पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी र सडक विभागको टोली दुबै स्थानमा परिचालित गरिएको छ। पहिरो हटाई सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको जनाइएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077