काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा दुई नेताबीच करिब एक घण्टा छलफल भएको हो ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकतालगायत विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
माओवादी केन्द्र र नेकपाबीच पार्टी एकता हुने चर्चा थियो तर, अहिले चन्दले त्यसमा चासो देखाएका छैनन् ।
माओवादीको केन्द्रीय समिति बैठकले विप्लवको पार्टीसँग एकताको निर्णय गरेको छ ।