काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको हो ।
शर्मासहित कारमा रहेका चारै जना सामान्य घाइते भएको र कारको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।