Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

'निर्दोष छु' भन्दै रवि लामिछानेको अदालतमा निवेदन, रिहाइको माग

'निर्दोष छु' भन्दै रवि लामिछानेको अदालतमा निवेदन, रिहाइको माग

बुधवार , श्रावण २१, २०८२

रुपन्देही । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै थुनामुक्तिको माग गरेका छन् ।

साउन १९ गते उनले रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराउँदै बैंक जमानतमा रिहा गर्न आग्रह गरेका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानतसहित थुनामुक्त गर्न अनुरोध गर्दै उनले सोही ऐनको दफा ७१ अनुसार आदेश माग गरे ।

लामिछानेले साउन १९ गते नै अदालतमा निवेदन दर्ता गराएका थिए । सोही निवेदनमाथि आज (बुधबार) न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, आजको सुनुवाइसमेत लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ ।

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफूले भाग लिएको भनिएको बिगो बराबरको रकम बैंक जमानतमा राखी रिहा गराउन आग्रह गरेका छन् ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको एक करोड धरौटीमा रिहा गर्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्ने आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरी रुपन्देही कारागार चलान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077