Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रुसबाट तेल किनेको भन्दै ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत ट्यारिफ

रुसबाट तेल किनेको भन्दै ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत ट्यारिफ

बिहिवार , श्रावण २२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने निर्णय गरेका छन् । यो नयाँ कर लगाएसँगै पहिलेदेखिको २५ प्रतिशत करसँग जोड्दा कुल ५० प्रतिशत पुग्ने भएको हो ।

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार, यो कर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागु हुनेछ । प्रतिक्रियामा भारतको विदेश मन्त्रालयले यसलाई अनुचित र तर्कहीन भनेको छ ।

बुधबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भारतले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेल आयात गरिरहेकाले अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको बताएको छ ।

भारतले रुसबाट तेल आयात गर्नुको उद्देश्य १ अर्ब ४० करोड जनसंख्याको ऊर्जा सुरक्षा सुनिश्चित गर्नु रहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077