Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शंकर पोखरेलको व्यंग्यपूर्ण तुलना - माओवादीमा सधैँ प्रचण्ड

शंकर पोखरेलको व्यंग्यपूर्ण तुलना - माओवादीमा सधैँ प्रचण्ड

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्व परिवर्तनको सन्दर्भमा तीन प्रमुख दलहरूको तुलनात्मक विश्लेषण गर्दै नेकपा (माओवादी केन्द्र) तर्फ व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक पोस्टमा बहुदलीय व्यवस्थापछि दलहरूको नेतृत्व विकासक्रम उल्लेख गर्दै माओवादी पार्टीमा ‘एकल नेतृत्व’ स्थायित्वप्रति इङ्गित गरेका हुन् ।

पोखरेलले आफ्नो पोस्टमा एमाले, कांग्रेस र माओवादी केन्द्रको नेतृत्व सूची प्रस्तुत गर्दै माओवादी केन्द्रमा सुरुवातदेखि अहिलेसम्म एउटै नेताले नेतृत्व गर्दै आएको उल्लेख गरेका छन् ।

एमाले र कांग्रेसमा नेतृत्व हस्तान्तरण हुँदै आएको देखाइए पनि माओवादी केन्द्रमा भने पुष्पकमल दाहाल 'प्रचण्ड'कै निरन्तरता देखिएको कुरा उनले इङ्गित गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077