Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारत लगेर सिन्धुलीका एक युवकको मिर्गौला निकालियो, एक जना पक्राउ

भारत लगेर सिन्धुलीका एक युवकको मिर्गौला निकालियो, एक जना पक्राउ

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । सिन्धुलीका युवकको भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले घटनामा संलग्न रहेका आरोपीमध्ये नुवाकोट घर भएका समीर परियारलाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो।

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो ।

पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई कामको प्रलोभनमा भारतमा पुर्‍याई बन्धक बनाएर मिर्गौला झिकेको बताइन्छ ।

होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए ।

१० दिनपछि घर फर्किएका उनले अनौठो किमिसको दुखाइ महसुस गरे । अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।

परियारमाथि अनुसन्धान भइरहेको मानव बेचबिखन तथा अनुसन्धान व्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077