एजेन्सी । वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओ पक्राउ परेका छन् ।
भावी विदेशमन्त्रीका रूपमा हेरिएका उनलाई सोधपुछका लागि हिरासतमा लिइएको हो ।
६१ वर्षीय ल्यौलाई जुलाईको अन्तिम साता बेइजिङमा 'लगिएको' रिपोर्टमा उल्लेख छ ।
उनको हिरासतको कारण भने अहिलेसम्म खुलेको छैन ।