Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पार्टीको धारणासँग बाझिने कुनै कुरा नबोल्न एकीकृत समाजवादीको चेतावनी

पार्टीको धारणासँग बाझिने कुनै कुरा नबोल्न एकीकृत समाजवादीको चेतावनी

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले एक विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न ध्यानाकर्षण गराएको हो ।

पार्टी अनुशासन उल्लङ्घन गरी जनताप्रति भ्रम सिर्जना गर्ने गरी अभिव्यक्ति रोक्न तथा सामाजिक सञ्जालमा नलेख्न पार्टी नेता कार्यकर्ताहरूप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए ।

उनले पार्टीका अनुशासनविपरीत अभिव्यक्ति दिने काम अविलम्ब बन्द गरी पार्टी स्वाभिमानलाई कायम राख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे।

पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्नुपर्ने जनाइएको छ। पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सवाल(जवाफ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077