Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै

आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । जबर्जस्ती करणीबाट जन्मेका सन्तान वा बुवाको नाम थाहा नभएको वा बताउन नचाहनेकाको नागरिकताको अधिकार सम्बोधन गर्ने गरी नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

उनले आमाको थर राखेर त्यस्ता सन्तानले नागरिकता लिन पाउने प्रस्ट्याए ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले वैदेशिक रोजगारका क्रममा वा अन्य कारणले विदेशमा गर्भाधान भई नेपाली आमाबाट नेपालमै जन्मिएका सन्तानले नागरिकता पाउने बाटो खुला हुने बताए ।

तर त्यसका लागि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निज र निजको आमाले तोकिएबमोजिम स्वघोषणा गर्नुपर्ने छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077