एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन् ।
उनले सहरको प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीन रहित राजधानी बनाउने योजना सफल पार्न सुरक्षा गार्ड तैनाथ गरेका हुन् ।
ट्रम्पले सोमबार नै आठ सय राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन् । उनले अबको अवस्थामा पूर्ण रूपमा गैरकानुनी काम रहित हुने पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘म हाम्रो राजधानी सहरलाई अपराध मुक्त बनाउन यो घोषणा गर्न गइरहेको छु। यो डिस्को स्वतन्त्रता दिवस हो। यसलाई म पुरानै अवस्थामा लैजान चाहन्छु।’