Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।

बुधबार कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार समितिका बैठकहरू बिहान १० देखि ११ बजेको समयमा सिंहदरबार बस्ने छन् । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरुबारे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा छलफल हुनेछ ।

अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने तयारी छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरूका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077